+
+
Shares

प्रकाशशरणको प्रस्ताव : दुई प्रकृतिको कार्यतालिका बनाऔं

फागुनमा चुनाव नहुने स्थिति बने त्यही महिना महाधिवेशन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन्।
  • महतले फागुनमा चुनाव नभए फागुनमै महाधिवेशन र चुनाव भए बैशाखमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
  • चुनावअघि वा चुनावपछि दुई विचारका कारण महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन र केन्द्रीय समिति बैठक बोलाइएको छ।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन् ।

प्रवक्ता महतले फागुनमा चुनाव हुन नसकेको अवस्थामा त्यसै महिना र फागुनमा चुनाव भएको अवस्थामा बैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

महतले शीर्ष तहका नेताहरूको छलफलमा दुईवटा मिति राखेर कार्यतालिका बनाउन उपयुक्त हुने धारणा राखेको अनलाइनखबरसँग बताए । महतले आफ्नो प्रस्तावमा दुई प्रकृतिको कार्यतालिका हुने बताए ।

फागुन वा बैशाख जुन मितिमा महाधिवेशन भएपनि क्रियाशील सदस्यताको काम भने पुस महिनाभित्र सक्ने गरी कार्यतालिका बनाउनुपर्ने बताए ।

‘फागुनको महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया सुरु गर्‍यौं भने पुससम्म पुग्दा चुनाव हुन सक्ने/नसक्ने संकेत देखिन्छ,’ महतले अनलाइनखबरसँग भने, ‘फागुनमा चुनाव हुन नसके त्यही महिना गरौं । फागुनमा चुनाव भए बैशाखमा महाधिवशेन गरौं ।’

कार्यतालिका पछि परिवर्तन हुने गरी अहिले निर्णय गर्न नहुने उनले बताए । अहिले कार्यतालिका ल्याउन निर्णय गरिहाल्ने र गर्दागर्दै सकिएन भनेर पछि कार्यतालिका परिवर्तन गर्न नहुने उनको जोड छ ।

चुनावअघि वा चुनावपछि दुई विचारका कारणले महाधिवेशनको कार्यतालिकामा टुंगो लाग्न सकेको छैन । शनिबारदेखि शीर्ष नेताहरूको बैठक बसेपनि महाधिवेशनको कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्न सकेन । केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?