News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारमा कुल ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ।
- ठूला १० ब्रोकरमार्फत ३३ प्रतिशत कारोबार भएको छ, जसमा ६ ब्रोकरले खरिद र ४ ब्रोकरले बिक्री बढी गरेका छन्।
- नेप्से परिसूचक २७ अंकले घटेको र एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावरमा बढी कारोबार भएको छ।
१८ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३३ प्रतिशत हो ।
ठूला १० ब्रोकरमार्फत यस दिन १ अर्ब ७१ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
ठूला १० ब्रोकरमध्ये ६ मार्फत खरिद बढी भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, श्रीकृष्ण, त्रिशक्ति, नेपाल स्टक र आर्यतारामार्फत खरिद बढी भएको छ ।
त्यस्तै सनी, डायनामिक, अनलाइन र इम्पेरियलमार्फत बिक्री बढी भएको छ । यी ब्रोकरबाट धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा शिवम् सिमेन्ट छन् । ब्रोकरको विस्तृत कारोबार ओकेमार्केट्समा हेर्न सकिनेछ । यस दिन नेप्से परिसूचक २७ अंक घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4