+
+
Shares

चुनावका लागि आवश्यक ७९ मध्ये १४ प्रकारका सामग्री किने पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको चुनावका लागि ७९ प्रकारका सामग्रीहरूको सूची तयार पारेको छ।
  • निर्वाचन आयोगले १४ प्रकारका सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने तयारी गरेको छ र अधिकांश सामग्री स्थानीयस्तरमै किन्न सकिने बताएको छ।
  • मतपत्र छपाईका लागि आवश्यक कागज र मतपेटिका आयोगसँग स्टकमा रहेका कारण नयाँ खरिद आवश्यक नपर्ने जानकारी आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएका छन्।

१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको चुनावका लागि चाहिने सामग्रीहरूको सूची तयार भएको छ ।

निर्वाचन आयोगले ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार पारेको हो । त्यसमध्ये १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ ।

नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी आवश्यक पर्दछ । कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची पनि चाहिन्छ ।

निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री पनि आवश्यक पर्छ ।

२०७९ सालको निर्वाचनमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण माक्स, स्यानिटाइजर लगायत गरी ९४ सामग्रीको प्रयोग भएको थियो । यसपटक घटेर ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार भएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीहरू स्थानीयस्तरमै किन्न सकिने सामग्रिहरूको प्रयोग गर्ने बताए ।

उनका अनुसार निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने ७९ मध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने आयोगको तयारी छ । मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरू आयोगसँग स्टक रहेकोले किन्नु पर्दैन ।

‘अधिकांश सामानहरू स्थानीयस्तरमै किन्न सकिने भएकोले त्यहीबाट किनेर प्रयोग गर्ने व्यवस्था मिलाएका छौं’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भनेका छन्, ‘ त्यसका अतिरिक्त आयोगले खुला प्रतिष्पर्धामार्फत् खरिद गर्नुपर्ने सामग्री १४ प्रकारका मात्रै छन् ।’

१४ प्रकारका सामग्रीमा पनि स्वदेशी उत्पादनकावस्तुहरूलाई नै प्राथमिकता दिनेगरी र केही सामान मात्र विदेशबाट खरिद गर्नेगरी तयारी गरिरहेको उनले जानकारी दिए ।

उनी थप्छन्, ‘मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज विदेशबाट किन्नुपर्नेमा त्यो पनि अहिले स्टक भएकैले पुग्छ । मतपेटिका पनि हामीसँग सुरक्षित छन् । पुरानै मतपेटिका पनि हामी आवश्यक सुधार गरेर प्रयोग गर्छौं ।’

अन्य मसी र कलम लगायत सामान्य प्रकृतिका वस्तुहरू भने खरिद गर्नुपर्ने हुन्छ । खरिद गर्नुपर्ने वस्तु पहिचान गरेर खुला प्रतिष्पर्धाबाट खरिद गरेर त्यसको व्यवस्थापन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?