१८ कात्तिक, काठमाडौं । भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै कोरबा यात्रुवाहक रेल रोकिएको मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको हो ।
यात्रुबाहक रेल मालबाहक रेलमा ठोक्किँदा रेलका धेरै डिब्बाहरू पटरीबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुई रेल ठोक्किएपछि रेलको ओभरहेड तार र सिग्नल प्रणालीमा गम्भीर क्षति पुगेका कारण उक्त रुटमा रेल सञ्चालन अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4