+
+
Shares

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

नरजन तामाङ नरजन तामाङ
२०८२ कात्तिक १९ गते ७:२०

१९ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।

चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए ।

प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।

बेवारिसे रुपमा भेटिएका २ हजार  २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए ।  यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?