+
+
Shares

रोल्पामा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण र सेवन गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते ११:२६

१६ फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पामा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सुदृढ पार्न भन्दै रोल्पा प्रशासनले यस्तो रोक लगाएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सार्वजनिक सूचना जारी गर्दै फागुन १५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री वितरण,ओसारपसार तथा सेवनमा रोक लगाइएको जनाएका छन् ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ । साथै त्यस्तो कार्य गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?