+
+
Shares

फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक पलायन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते ८:२६

१९ कात्तिक, काठमाडौं । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् ।

कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ ।

कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन् ।

आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन । उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ ।

समाारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघि आएको आँधीमा परी कयौँ मानिसहरूको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?