+
+
Shares

बालबालिकालाई राजनीतिक आन्दोलन र निर्वाचनमा प्रयोग नगर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालबालिकालाई राजनीतिक प्रदर्शन र निर्वाचनमा प्रयोग नगर्न १६ बुँदे माग गरेको छ।
  • अभियानले भाद्र २३–२४ को जेन्जी आन्दोलनमा बालबालिका मृत्यु, घाइते र सम्पत्ति तोडफोडमा बालअधिकार उल्लङ्घन भएको बताएको छ।
  • अभियानले संविधानको धारा ३९ र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६ अनुसार बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान कार्यान्वयन गर्न आग्रह गरेको छ।

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालबालिकालाई राजनीतिक प्रदर्शन तथा निर्वाचनमा प्रयोग नगर्न माग गरेको छ ।

(सिजप) विज्ञप्ति जारी गर्दै तिनै तहका सरकार, मन्त्रालयहरू, निर्वाचन आयोग, सुरक्षा निकाय तथा राजनीतिक दलहरूसँग १६ बुँदे माग राखेको छ । विज्ञप्तिमा जेनजी आन्दोलन, विपद् तथा आगामी निर्वाचनका क्रममा बालबालिकाको प्रयोग, हिंसा र यसको प्रभाव जस्ता विषय समेटिएका छन् ।

अभियानले विभिन्न राजनीतिक गतिविधि, र्‍याली, विजय जुलुस, सभा–सम्मेलन तथा मेला–महोत्सवमा बालबालिका पीडित बन्ने गरेको बताएको छ । विशेषगरी भाद्र २३–२४ गतेको जेन्जी आन्दोलनमा विद्यालय पोशाकमै सहभागी बालबालिकाको मृत्यु, घाइते हुनु तथा सरकारी–निजी सम्पत्ति तोडफोडमा समेत बाल घटनाले बालअधिकार गम्भीर उल्लङ्घन भएको अभियानको ठहर छ ।

नेपालले बाल अधिकार महासन्धि–१९८९ को पक्ष राष्ट्र भएको ३० वर्ष बितिसकेको सन्दर्भमा संविधानको धारा ३९ (६, ७, ८, ९) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६ मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान कार्यान्वयन गर्न अभियानले जोड दिएको छ ।

अभियानले राज्यका सबै निकायलाई बालबालिकालाई राष्ट्रिय गौरवका रूपमा स्वीकार गरी संरक्षण र प्रवर्धनमा केन्द्रित हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?