+
+
Shares

सुगर ड्याडीको भूमिकामा ‘काजी बा’, एसटी म्यानसँग सांगीतिक सहकार्य

सम्भवतः काजी बाको हिपहप भिडियोमा अभिनय गरेको यो पहिलो अवसर हो । उनले यो गीतको प्रचारप्रसार पनि टिकटकबाट हिपहप अवतारमा प्रस्तुत भएर गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:२१
र्‍यापर एसटी म्यानको पछिल्लो म्युजिक भिडियो सिनेमाबाट लिइएको स्क्रिन सट्मा रामचन्द्र अधिकारी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता रामचन्द्र अधिकारीले चर्चित र्‍यापर एसटी म्यानको गीत 'सिनेमा' मा हिपहप अवतारमा क्यामियो भूमिका निभाएका छन्।
  • यो भिडियोमा सोमिया बराइली पनि देखिएकी छिन् र भिडियोले अहिलेसम्म ११ लाखभन्दा बढी भ्युज पाएको छ।
  • रामचन्द्र अधिकारीले टिकटकबाट गीतको प्रचारप्रसार हिपहप अवतारमा गरिरहेका छन्।

काठमाडौं । टिभी श्रृंखला ‘मेरी बास्सै’मा गोक्ते काजी (काजी बा) को भूमिकामा प्रसिद्ध अभिनेता रामचन्द्र अधिकारी यतिबेला चर्चामा छन् ।

नहोस् पनि किन ? अहिलेका चर्चित र्‍यापर एसटी म्यानको नयाँ सांगीतिक भिडियो ‘सिनेमा’ मा उनी हिपहप अवतारमा प्रस्तुत छन् ।

छोटो तर आकर्षक भूमिकाले उनलाई जेनजी दर्शकमाझ चर्चा दिइरहेको छ । यो रोमान्टिक भिडियोको अन्त्यतिर काजी बालाई क्यामियो रोलमा देख्न सकिन्छ ।

अनुहारमा लिपस्टिकको छाप लगाएको हुलियामा उनी देखिएका छन् । भिडियोमा सोमिया बराइली हट देखिएकी छिन् ।

सम्भवतः काजी बाको हिपहप भिडियोमा अभिनय गरेको यो पहिलो अवसर हो । उनले यो गीतको प्रचारप्रसार पनि टिकटकबाट हिपहप अवतारमा प्रस्तुत भएर गरिरहेका छन् ।

प्रशस्तै कथानक फिल्म र सिरियलमा अभिनय अनुभव बटुलेका रामचन्द्र अधिकारी अहिलेका प्रिय कलाकारमध्ये हुन् ।

भिडियोलाई अहिलेसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?