+
+
Shares

प्रहरी हत्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १८:३७
मृतक जवान उत्तम थापा र असई मिलन राय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
  • महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न दुई नाबालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
  • २४ भदौको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् र पुर्पक्षका लागि कारागार चलान भएका छन्।

१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न आरोप लागेको छ ।

हत्यामा संलग्न रहेको तस्वीर र भिडियोमा देखिएको आरोपमा प्रहरीले नाबालकविरुद्ध मुद्दा दर्ता गरेको हो । महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा नाबालक पनि देखिएपछि उनीहरू विरुद्ध मुद्दा चलाइएको छ ।

दुई नाबालकविरुद्ध ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

२४ भदौको जेनजी आन्दोलनमा राय र थापाका साथै प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध यसअघि नै मुद्दा चलेको थियो ।

असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका कैलालीका अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए । जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?