+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
14/1 (3.6)
Shares

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ७:०६

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै छन् ।

सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कात्तिक १७ गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?