+
+
Shares

गृहमन्त्री अर्यालले गरे पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घर अवलोकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १२:५७

२० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको क्षतिग्रस्त घरको अवलोकन गरेका छन् ।

काठमाडौंको चपलीस्थित घरमा बिहीबार बिहान पुगेर उनले क्षति विवरणबारे अवलोकन गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनीमा परेको थियो ।

यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।

त्यस्तै अर्यालले मंगलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका थिए ।

त्यस क्रममा डा यादवसँग उनले भेटवार्ता पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?