+
+
Shares

उब्जनबहादुर शाहीले त्यागे एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:४४

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जन बहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु प्रकाश ज्वाला, चन्द्र बहादुर शाही, ठगेन्द्र प्रकाश पुरी लगायत सहभागी थिए ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलले एकता गरी नयाँ पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखेका छन् । उनीहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?