News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेन–जीको बलिदानले निरंकुश सत्तालाई खरानी बनाएको बताएका छन्।
- विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको उल्लेख गर्नुभयो।
- उनले जेन–जीले आफ्नो रगत दिएर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाएको खुलाउनुभयो।
२० कात्तिक, काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेन–जी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका हुन्।
‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो। बहिरो थियो। निरंकुश थियो। मुर्ख बन्दै गएको थियो। जनताविरुद्ध तानाशाही बन्दै गएको थियो,’ उनले भने, ‘जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए।’
उनले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर गरे।
प्रतिक्रिया 4