+
+
Shares

एकताअघि नै कारबाहीमा परेका थिए भूसाल र झाँक्री सहित ६ नेता

घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १७:२२

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको खुलेको छ ।

घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?