+
+
Shares

नेवानिमा इकोनोमी क्लास यात्रुलाई बिजनेसमा ‘अपग्रेड’ गरे कारबाही हुने

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइए आर्थिक सहित विभागीय कारबाही हुने पनि नेवानिले जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अपग्रेड गर्ने कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ।
  • निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बजार व्यवस्थापन र यात्रुसेवा विभागका निर्देशकलाई अपग्रेड अधिकार प्रयोग नगर्न निर्देशन दिएका छन्।
  • अधिकार क्षेत्रभन्दा बाहिर अपग्रेड गरे वा लगाएको पाइए आर्थिक र विभागीय कारबाही हुने परिपत्रमा उल्लेख छ।

२० कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् ।

नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब डिस्क्रिप्सन’ मा बिजनेस क्लासमा अपग्रेड गर्ने सम्बन्धी अधिकार दिइने गरिएको छ ।

तर, अबका दिनमा त्यस्तो अधिकार प्रयोग गर्न र गर्न नदिन निमित्त महाप्रबन्धकले निर्देशन दिएका हुन् ।

नेवानिका जहाजमा इकोनोमी क्लासका टिकट काटेका यात्रुलाई चिनजान र पहुँचका आधारमा बिजनेस क्लासमा अपग्रेड गरिदिने विकृति लामो समयदेखि रहँदै आएको छ ।

‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा विभागको निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नू/नगराउनू हुन निर्देश गरिन्छ,’ निमित्त महाप्रबन्धक कालाखेतीले जारी गरेको परिपत्रमा छ ।

त्यस्तै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइए आर्थिक सहित विभागीय कारबाही हुने पनि निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?