+
+
Shares

नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले १२ कात्तिकमा दिएको राजीनामा गृह मन्त्रालयले २० कात्तिकमा स्वीकृत गरेको छ।
  • रानाभाटले पारिवारिक कामका कारण राजीनामा दिएको बताएका थिए।
  • रानाभाट एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए।

२० कात्तिक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले १२ कात्तिकमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

रानाभाटले दिएको राजीनामा कानुनी प्रावधान अनुसार आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाएका थिए ।

रानाभाटको राजीनामा बिहीबार स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

आफूले पारिवारिक कामका कारण राजीनामा दिएको बताएका थिए । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?