+
+
Shares

योद्धाको गीतबारे बालेन : जीवित हुँदै ट्रिब्यूट दिनु भएकोमा मेरो जीवन सफल भो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • योद्धाले नयाँ गीत 'अग्निपथ' काठमाडौं महानगरका मेयर तथा र्‍यापर बालेनप्रति समर्पित गरेका छन्।
  • बालेनले फेसबुकमा गीतको लिंक सेयर गर्दै 'मलाई थाह छैन म यो ट्रिब्यूटको लायक थिएँ कि थिइन' भनेका छन्।
  • योद्धाको गीत युट्युबमा ८ लाखभन्दा बढी पटक हेरिएको छ र बालेनले गीतलाई 'मेरो जीवन सफल भो' भनेका छन्।

काठमाडौं । यदि तपाईं नेपाली हिपहप संगीतलाई पछ्याउनुहुन्छ भने योद्धा पछिल्लो समयको चर्चित नाम हो । जेनजी पुस्तामा उनको संगीत सुन्नेहरू प्रशस्तै छन् ।

एकपछि अर्को हिट गीत ल्याइरहेका योद्धाले पछिल्लो गीतलाई भने काठमाडौं महानगरका मेयर तथा र्‍यापर बालेनप्रति समर्पित गरेका छन् ।

केही दिनअघि योद्धाले युट्युबमा सार्वजनिक गरेको नयाँ सांगीतिक भिडियो ‘अग्निपथ’ बालेनप्रति समर्पित छ । जसलाई, बालेनले पनि सामाजिक सञ्जालमा सेयर गर्दै खुसी ब्यक्त गरेका छन् ।

बालेनले फेसबुकमा गीतको लिंक सेयर गर्दै लेखेका छन्, ‘प्रिय योद्धा, मलाई थाह छैन म यो ट्रिब्यूटको लायक थिएँ कि थिइँन, हजुरको मायाको लागी आजिवन आभारी रहने छु !’

बालेनको जवाफमा योद्धाको प्रतिक्रिया छ, ‘दाइ यो त हाम्रो सम्मान र प्रशंसा देखाउने सानो प्रयास मात्र हो । तपाईंले जे गर्नुभएको छ, त्यहीबाट हामीलाई धेरै प्रेरणा मिल्छ ।’

युट्युबमा पनि बालेनले टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘मेरो भाइको लागि कुनै शब्द छैन । योद्धाको जय होस् । जीवित हुँदै यस्तो ट्रिब्यूट दिनु भएकोमा मेरो जीवन सफल भो ।’

योद्धाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई अहिलेसम्म ८ लाखभन्दा धेरै पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?