+
+
Shares

रास्वपाको निष्कर्ष- विद्यार्थी मारिएको दु:खमा होइन, आफ्नै सुरक्षा चिन्तामा ओलीले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १५:२८

२१ कात्तिक, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ ।

केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दु:खमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दु:खमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’

रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ ।

‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?