+
+
Shares

पार्टी छाडेका नेता-कार्यकर्तालाई मूलघर फर्किन उपेन्द्र यादवको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १६:०६
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छाडेका सबै नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन्।
  • ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकले पुराना कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्ने निर्णय गरेको छ।
  • अध्यक्ष यादवले पार्टीमा फर्कनेलाई क्षमता र योग्यताअनुसार उचित स्थान र जिम्मेवारी दिइने बताएका छन्।

२१ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पुर्‍याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु’, अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।’

अध्यक्ष यादवले पार्टीमा फर्कने नेता तथा कार्यकर्तालाई क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने बताए । उनीहरूको स्वागतका लागि पार्टीको ढोका खुला रहेको अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?