+
+
Shares

अमेरिकाले देश निकाला गरेका मोहनजंग थापा रास्वपाको बैठकमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते ९:३७

२२ कात्तिक, काठमाडौं । अमेरिकाले देश निकाला गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा विस्तारित बैठकमा सहभागी भएका छन् ।

गत साउनमा अमेरिकाबाट डिपोर्ट भएका थापा चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका हुन् । उनी गत वर्षको फागुनमा अमेरिकामा पक्राउ परेका थिए ।

थापालाई गैरकानुनी रुपमा गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा उनी अध्यागमन तथा अमेरिकका अन्य कानुन उल्लंघन कसुरमा अनुसन्धानमा तानिएका थिए ।

डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई देश निकाला गर्न सुरू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?