+
+
Shares

हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते ९:५२

२२ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।

चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५००  रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको डिएसपी पोखरेलको भनाइ छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?