+
+
Shares

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते ११:३३

२२ कात्तिक, चितवन । चितवनको सौराहा क्षेत्रमा डुलेर पर्यटकलाई लोभ्याउने ‘मेघौली’ नामको भाले गैंडालाई गाडीले ठक्कर दिएर घाइते बनाएको छ ।

गैंडालाई ठक्कर दिएर घाइते बनाएको आरोपमा कालिका नगरपालिका-६ घर भएका विनय दवाडीलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ परेको दवाडीमाथि थप अनुसन्धान भैरहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

कात्तिक १५ गते गते शनिबार राति ४ बजेको समयमा तीव्र गतिमा आएको बागमती प्रदेश ०१०२७च – ६३३९ नम्बरको गाडीले चित्रसारी पुल नजिकै मेघौलीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्कर दिने गाडी पनि नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ । गाडीको अगाडिको भाग कुच्चिएको छ ।

गौंडासँग ठोक्किएकोगाडी ।

गाडीको ठक्करबाट घाइते भएको मेघौलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखेर उपचार गरिएको छ । उपचारमा संलग्न पशु चिकित्सक अमिर सडौलाले मेघौलीको पछाडिको देब्रे खुट्टामा चोट लागेको बताए ।

गैंडा अहिले निको हुँदै गएको उनले बताए । मेघौलीले खाने र सामान्य रूपमा हिँड्न थालेको उनको भनाइ छ ।

टुहुरो मेघौलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सानैदेखि पालेर हुँर्काउकोले मानिसहरूसँग नजिकै बस्न रूचाउँछ । सौराहा आउने पर्यटक यसलाई हेर्ने, रमाउने र फोटो खिच्ने गर्छन् ।

सौराहाका सडकमा निर्वाध रूपमा हिँड्ने मेघौली संरक्षण कोषमा नै बस्ने गर्छ । कोषमा अहिले राम र देव नाम गरेका अन्य दुई गैंडाका बच्चा पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?