२३ कात्तिक, काठमाडौं । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
प्रहरीले उनको घरबाट हायातको तीन थान टेलिभिजन समेत बरामद गरेको छ ।
हायात रेजेन्सीको क्यासिनोबाट उक्त टीभी आफूले ल्याएको उनले स्वीकारेको प्रहरीले बताएको छ ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा हायातमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । अहिले यो होटल बन्दको अवस्थामा छ ।
प्रतिक्रिया 4