News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सुकेको प्याजको भाउ थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा घटेको छ।
- हिजो आइतबार प्याजको मूल्य न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भएको थियो भने दुई महिनाअघि मूल्य ४५ देखि ४७ रुपैयाँसम्म थियो।
- व्यवसायीहरूले भनेका छन् कि प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ र अहिले बजारमा भारतीय प्याज मात्र उपलब्ध छ।
२४ कात्तिक, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ ।
हिजो आइतबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भएको थियो ।
दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् । अहिले बजारमा भारतीय प्याज मात्रै किन्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4