+
+
Shares

२० प्रतिशत जनमत नल्याए सरकारमा जाँदैनौं : वीरेन्द्रबहादुर बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:३१

२४ कात्तिक, काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् ।

सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् ।

बुद्ध एयरका मालिकसमेत रहेका उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए ।

‘अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ । यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जाँदैनौं,’ उनले भने ।

राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्र्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ । उहाँले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताए ।

‘हामीले चाहीँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहीँ साकार कसरी गर्नसक्छौ भन्ने हिसावले अगाडि बढ्न पर्‍यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछांै सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहीँ हामी प्रवेश गर्दैछांै,’ उनले भने ।

उनले जेन—जी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य शुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?