+
+
Shares

‘जारी २’ मा १४ मिनेट दृश्य थपियो, मंगलबारदेखि दर्शकले ‘डिरेक्टर कट’ हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनरत फिल्म ‘जारी २’ ले १४ मिनेट नयाँ दृश्य थपेर सोमबार बेलुका सेन्सर गरिएको छ।
  • फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ र नयाँ दृश्य क्लाइमेक्स अघि थपिएको छ।
  • कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकले मंगलबारदेखि नयाँ दृश्यसहितको फिल्म हलमा हेर्न पाउने बताए।

काठमाडौं । प्रदर्शनरत फिल्म ‘जारी २’ ले फिल्ममा काँटछाँट गर्दै १४ मिनेट दृश्य थपेको छ । थपिएका दृश्यसहितको फिल्मलाई सोमबार बेलुका सेन्सर गरिएको छ ।

केही नयाँ दृश्य र केही पुराना दृश्यमा कैंची चलाउँदै कूल १४ मिनेटको दृश्य थपिएको केन्द्रीय चलचित्र जाँच समितिका एक सदस्यले बताए ।

ती सदस्यका अनुसार क्लाइमेक्स अघि दृश्य थपिएको हो । योसँगै फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ ।

फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले पनि नयाँ थपिएका दृश्यसहितको फिल्मलाई दर्शकले मंगलबारदेखि हलमा हेर्न पाउने अनलाइनखबरलाई बताए ।

‘यसलाई हामीले डिरेक्टर कट भनेका छौं’ पोखरेलले भने ।

प्रायः फिल्मले आफूखुसी दृश्य काटेर फिल्म चलाउने गरेको गुनासो आएपनि ‘जारी २’ले सेन्सरको नियम पालना गरेको समितिका ती सदस्यले बताए ।

पछिल्लो समय समितिले हल अनुगमनलाई तीव्रता दिएको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?