+
+
Shares

नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको नयाँदिल्लीस्थित लाल किला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
  • विस्फोटमा २० बढी घाइते भएका छन् र सुरक्षाकर्मीले घटनास्थल सिल गरी अनुसन्धान अगाडि बढाएका छन्।
  • बीबीसीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिइएको उल्लेख गरेको छ।

२४ कात्तिक, काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिंदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?