News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार स्याउको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँले बढेको छ।
- फुजी स्याउको मूल्य मंगलबार न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय २० रुपैयाँ प्रतिकिलो कायम छ।
- झोले स्याउको मूल्य मंगलबार औसत २ सय २५ रुपैयाँ प्रतिकिलो पुगेको छ, जुन हिजोको तुलनामा १० रुपैयाँले बढी हो।
२५ कात्तिक, काठमाडौं । स्थानीय बजारमा स्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।
मंगलबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । आज फुजी स्याउ प्रतिकिलो थोकमा न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय २० रुपैयाँ छ । औसतमा भने ३ सय रुपैयाँ कायम छ ।
हिजो सोमबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ६० र अधिकतम ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै औसतमा भने २ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज मंगलबार झोले स्याउ प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । औसतमा प्रतिकिलो २ सय २५ रुपैयाँ कायम छ ।
हिजो सोमबार झोले स्याउ प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम २ सय ३० र औसत २ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो सोमबारको तुलनामा आज मंगलबार झोले स्याउ प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4