+
+
Shares

हल भिजिटमा अशोक दर्जी, ‘मनबिनको धन’ लाई सकारात्मक प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले प्रदर्शनको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ।
  • निर्देशक टंक बुढाथोकीले अनलाइनखबरलाई फिल्मले दर्शकको मन जितेको बताउनुभयो।
  • नेपालगञ्ज, इटहरी, विराटनगर लगायत विभिन्न शहरमा फिल्मले बलियो अकुपेन्सी पाएको छ।

काठमाडौं । बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

हल भिजिटमा पुगेका कलाकार दर्जी, निर्देशक टंक बुढाथोकीसहितको टिमलाई दर्शकले मीठो प्रतिक्रिया दिएका छन् ।

‘फिल्म प्रदर्शन भएको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ’ बुढाथोकीले अनलाइनखबरलाई भने । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।

दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

फिल्मले दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयको पनि प्रशंसा गरेका छन् ।

मंगलबार नेपालगञ्जको सिने रोयल हलमा ७ शो र क्यूएफएक्सको बागेश्वरीमा २ शो पाएको फिल्मको बलियो अकुपेन्सी देखिन्छ ।

राजधानीसँगै पूर्वको इटहरी, विर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा र दाङमा पनि दर्शकको उल्लेख्य भीड देखिन्छ । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?