+
+
Shares

‘कालो सेतो’ बन्यो पूर्ण राईको सर्वाधिक हेरिने गीत, ५ करोड भ्यूज नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक पूर्ण राईको गीत ‘कालो सेतो’ ले १ नोभेम्बर २०२३ मा रिलिज भई युट्युबमा ५ करोड भ्यूज पार गरेको छ।
  • पूर्ण राईले आफ्नो गीतलाई माया गर्ने सबै दर्शकलाई धन्यवाद दिएका छन्।
  • उनको ब्यान्ड ‘पूर्ण राई एण्ड दाजुभाइहरू’ ले १४ नोभेम्बरमा बेलबारीमा ‘ट्रिगुट म्युजिकल नाइट भोल्युम २’ मा प्रस्तुति दिने कार्यक्रम छ।

काठमाडौं । आफ्नो बहुचर्चित गीत ‘कालो सेतो’ ले युट्युबमा ५ करोड भ्यूज पार गरेपछि गायक पूर्ण राईले दर्शकलाई धन्यवाद दिएका छन् ।

१ नोभेम्बर, २०२३ मा रिलिज भएको उक्त गीतले सोमबार महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

‘कालो सेतोले युट्युबमा ५ करोड भ्यूज पुर्‍यायो । माया गर्नुभएकोमा सबैलाई धन्यवाद’ उनले लेखेका छन् ।

युवापुस्तामा निकै चर्चित यो गीतको लय, भाका, शब्द र संगीतले प्रशंसा पाएको छ । गायक राईका सांगीतिक टूरमा पनि यो गीत निकै गुञ्जिने र माया पाउनेमध्ये पर्छ ।

उनको अर्को गीत ‘स्पर्श संगीत’ ले अहिलेसम्म दोस्रो धेरै ४ करोड ५२ लाख भ्यूज पाएको छ ।

उनको ब्यान्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ ले १४ नोभेम्बरमा बेलबारीमा हुने ‘ट्रिगुट म्युजिकल नाइट भोल्युम २’मा प्रस्तुति दिने कार्यक्रम छ ।

सेप्टेम्बर र अक्टोबरमा उनले विभिन्न अमेरिकी राज्यमा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?