+
+
Shares

महाधिवेशनसम्बन्धी एउटै प्रस्ताव लिएर जाऔं : अम्बिका बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले पार्टीको महाधिवेशनमा एउटा मात्र प्रस्ताव लिएर अघि बढ्नुपर्ने बताएकी छन्।
  • केन्द्रीय कार्यसमितिको बैठकमा बस्नेतले महाधिवेशनको मितिबारे एउटै प्रस्ताव लिएर जानुपर्ने र एकजुट भएर म्यासेज दिनुपर्ने बताइन्।
  • उनले नेविसंघ र तरुण दलको भूमिकामाथि प्रश्न उठाएकी छन्।

२५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले पार्टीको महाधिवेशनबारे एउटा मात्र प्रस्ताव लिएर अघि बढ्नुपर्ने बताएकी छन्।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै बस्नेतले कार्यतालिकामाथि आफ्नो धारणा राखेकी हुन्।

बैठकमा महामन्त्री गगनकुमार थापाले राखेको महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव र आफू बोल्ने क्रममा सहमहामन्त्री महेन्द्र यादवले अघि सारेको फरक फरक प्रस्तावतर्फ इंगित गर्दै उनले एउटा मात्र प्रस्ताव लिएर अघि बढ्नु पर्ने बताएकी हुन्।

‘पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार महाधिवेशनमा जाऔं,’ केन्द्रीय सदस्य बस्नेतले भनिन्, ‘महाधिवेशनको मितिबारे एउटै प्रस्ताव लिएर जाऊँ।’

उनले आम कार्यकर्तामा सन्देश जाने गरी एकजुट हुनुपर्नेमा पनि जोड दिइन्। ‘आम कार्यकर्तामा म्यासेज दिने खालको एजेन्डा लिएर एकजुट भएर जाऊँ,’ बस्नेतले भनिन्।

उनले कांग्रेसको भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलको भूमिकामाथि प्रश्न समेत उठाएको बैठकमा सहभागी नेताहरूले जनाएका छन्। ‘उहाँले नेविसंघ, तरुण दलको भूमिका के हो भनेर प्रश्न पनि गर्नुभयो,’ एक नेताले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?