+
+
Shares

प्रकाश पौडेलले ल्याए ‘बुढाबुढी मिलेको ’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक डा. प्रकाश पौडेलले नेपाली संगीत क्षेत्रमा २५ वर्ष पूरा भएको अवसरमा नयाँ गीत \'बुढाबुढी\' सार्वजनिक गरेका छन्।

काठमाडौं । गायक डा. प्रकाश पौडेलको रमाइइलो गीत ‘बुढाबुढी’ सार्वजनिक भएको छ । कुनै समयको बहुचर्चित गीत ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ का सर्जक पौडेलले नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार नयाँ गीत बजारमा ल्याएका हुन् ।

गीतमा शब्द र स्वर स्वयं प्रकाश पौडेलको रहेको छ भने दीपराज नेयोङहाङले सङ्गीत भरेका छन् र सूरज श्रेष्ठले एरेन्ज गरेका छन‍् ।

सञ्चारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा साक्षी लम्साल, कमल सिंह र स्वयं प्रकाश पौडेलको प्रस्तुति रहेको छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?