News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ पूर्वी नेपालका हलमा उत्साहजनक व्यापार गरिरहेको छ।
- निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगरले पूर्वी शहरहरूमा दर्शकसँग साक्षात्कार गरेका छन्।
- फिल्मको ‘डिरेक्टर्स कट’ भर्सनमा १४ मिनेट लामो नयाँ दृश्य थपेर प्रदर्शन गरिएको छ।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले पूर्वी नेपालका हलमा उत्साहजनक व्यापार गरिरहेको छ ।
विशेषगरि पूर्वका हल खचाखच देखिएका छन् । पूर्वी नेपालको कथावस्तु र त्यहाँको भूगोलमा छायांकन गरिएकाले पनि स्थानीय दर्शकले फिल्मलाई धेरै रुचाएका छन् ।
लिम्बु समुदायको कथामा आधारित फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहँदा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शकसँग साक्षात्कार गर्न पूर्वका सहरमा पुगेका छन् ।
सोमबार झापाको दमक र बिर्तामोडमा हल भिजिट गरेको टिमले मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गरेका छन् ।
मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ ।
अभिनेत्री मगरले पनि दर्शकमाझ आएको नयाँ भर्सनले उत्साह थपेको बताइन् । ‘हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं’ मिरुनाले भनिन्, ‘आज सुनसरीको धरान र इटहरीमा दर्शक भेटेका छौं ।’
धरान आफ्नो गृहथलो भएकाले पनि दर्शकसँग भेटघाट गर्दा आफू उत्साहित भएको उनले बताइन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । फिल्ममा मिरुनासहित दयाहाङ राई, विजय बरालको प्रमुख भूमिका छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया 4