+
+
Shares

विराटनगरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, श्रीमान् घाइते

विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै मंगलबार साँझ भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:०८

२५ कात्तिक, विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै मंगलबार साँझ भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लूबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रोहिताको कोशी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक ५७ वर्षीय विमल कोइराला घाइते छन् । घाइते विमल रोहिताका श्रीमान् हुन् । उनको अवस्था सामान्य छ ।

ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएको मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?