२६ कात्तिक, काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले धराैटी बाफत् ८६ लाख ३० हजार रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ । यससँगै प्राधिकरणले बिजुलीको लाइन मंगलबार साँझ जोडिदिएको छ ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म २४ करोड २९ लाख ९९ हजार रुपैयाँ नतिरेको र त्यसलाई २८ किस्तामा विभाजन गरी चुक्ता गर्ने सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।
तर त्यसको प्रमाण प्राधिकरणले दिन नसकेपछि उद्योगहरुले रकम नतिर्ने बताएका छन् । यो विवादका बीच नेपाल उद्योग वाणिज्य महासंघले प्राधिकरणले पुनरावलोकन गर्ने र त्यसमा चित्त नबुझे कानुनी प्रकृयाका लागि अदालत जाने प्रस्ताव राखेको थियो । सोही प्रस्तावअनुसार गर्नू भनी प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही अनुसार उद्योगहरुले धरौटी रकम बुझाइरहेका छन् ।
सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बुझाएको पनि धरौटी रकम हो ।
प्रतिक्रिया 4