काठमाडौं । ब्राजिलमा जलवायु परिवर्तन सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप—३०) सुरु भएको छ ।
जलवायु परिवर्तन विरुद्धको लडाइँलाई अन्तर्राष्ट्रिय प्राथमिकताहरूको केन्द्रमा राख्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय सम्मेलन सोमबारबाट शुरु भएको हो । सम्मेलन नोभेम्बर २१ सम्म चल्ने छ । सम्मेलनमा १९० भन्दा बढी देश र क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
ब्राजिलको बेलेममा आयोजित उदघाटन समारोहमा कोप—२९ का अध्यक्ष मुख्तार बाबायेभले गत वर्ष अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु शिखर सम्मेलनको लक्ष्यहरू पूरा गर्न आह्वान गरे । कोप—३० का अध्यक्ष आन्द्रे कोरिया डो लागोले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई नियुक्त गरेकोमा धन्यवाद दिए । उनले जलवायु परिवर्तन विरुद्धको लडाइँमा सहकार्यमा जोड दिए ।
कार्यक्रममा जलवायु अनुकूलन न्यायपूर्ण संक्रमण र पेरिस सम्झौताको विश्वव्यापी सन्तुलनको कार्यान्वयन लगायतका विषयहरूको श्रृंखलामा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4