+
+
Shares

शेखर र गगनलाई मिल्न बलबहादुरको आग्रह 

नेता केसीले कोइराला र थापा एकआपसमा मिलेमात्रै संस्थापन पक्षसँग दह्रोसँग कुरा राख्न सकिने बताए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:१६
फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापालाई मिल्न आग्रह गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार उनले नेता कोइराला र महामन्त्री थापा एकआपसमा मिलेमात्रै संस्थापन पक्षसँग दह्रोसँग कुरा राख्न सकिने बताएका हुन् ।

‘अहिलेको आवश्यकता भनेको सिंगो पार्टी एक भएर जानुपर्छ । ५४ लाई सम्बोधन नगरी अगाडि बढ्दा अझ दुर्घटना हुन्छ पार्टी भित्र त्यो पनि हामीले ख्याल गर्नुपर्छ,’ केसीले भने, ‘त्यसका लागि शेखरजी र गगनजी पहिला मिल्नु पर्छ ।  अनि न संस्थापन पक्षसँग तागतसहित अहिलकति दह्रो कुरा राख्न सकिन्छ ।’

केन्द्रीय सदस्य केसीले केन्द्रीय समिति बैठकमै पार्टीको संस्थापन पक्ष खेल्न सिपालु रहेको पनि टिप्पणी गरे ।

‘अब संस्थापन त्यसै त खेल्न सिपालु । कहिले गगनलाई लिइदिएको छ, कहिले शेखरलाई,’ उनले भने, ‘शेरबहादुर नबोली नबोली सबैलाई सिध्याइदिने नेताभित्र पर्नुहुन्छ । त्यसमा फेरि सात भाइ एक ठाउँमा आउनुभएको छ ।’

उनले इमान्दारीपूर्वक कुर्सीको तागत प्रयोग गरेर अहिले देखिएको विवाद समाधान गरेर निकास निकाल्न सके कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा स्थापित हुने पनि बताए ।  ।

‘पूर्णजीले इमान्दारपूर्वक कुर्सीको तागत प्रयोग गरेर यो समस्यालाई समाधान गरेर निकास निकाल्नुभयो भने तपाईं लिडरसिपमा स्थापित हुनुहुन्छ । तर, यी सबै वरिपरिका मान्छे हेर्दा तपाईंलाई अलिकति संकट छ,’ ठट्यौली शैलीमा प्रस्तुत भएका केसीले भने, ‘धेरै संकट पर्‍यो भने शेरबहादुरलाई नै बोलाउनुस् । साथी मानेकै हो, के भो त ? अहिले नबोलाउनुस् है फेरि । सकेसम्म यहाँ भएका जो–जो साथी छन् सबैसँग सल्लाह गरेर एउटा सहमतिमा ल्याउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?