+
+
Shares

विद्यालाई सदस्यता नदिने एमाले मदन भण्डारीको हुन सक्दैन: प्रचण्ड

एमालेको वर्तमान नेतृत्वले मदन भण्डारी र उनको परिवारलाई बदनाम र अपमान गरिरहेको प्रचण्डको भनाइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताएका छन्।
  • प्रचण्डले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको उल्लेख गर्दै विद्या भण्डारीकै अगाडि अपमान गर्ने प्रयास भएको बताए।
  • उनले एमालेका इमानदार नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान गर्दै सुदूरपश्चिमका नेता प्रकाशबहादुर शाहको साहसको प्रशंसा गरे।

२६ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समायोजनका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको बताए।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ प्रचण्डले भने, ‘पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरु हुन सक्छ?’

उनले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान पनि गरे। ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन,’ उनले थपे, ‘एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, इतिहासको यति ठूलो धोका महसुस गर्नुभएकै होला। तपाईंहरूसमेत विशाल शक्ति निर्माण गर्ने महान् उद्देश्यसहित यो एकता अघि बढाइएको हो। यो एकीकरण प्रक्रियामा सबै सामेल होऔं।’

उनले सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने एमाले नेता, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर शाहले साहस गरेको भन्दै प्रशंसा गरे।

‘प्रकाशबहादुर शाह एक्लै जोडिएको मैले महसुस गरेको छैन। उहाँले आँट गर्नुभयो। अब एमालेभित्र हजारौं प्रकाशबहादुर शाह जन्मिनेछन्, जन्मिनैपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?