+
+
Shares

प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल, पार्टीमा छैटौं वरीयता

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते ६:५६

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।

कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।

गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो ।

रावललाई पार्टीमा छैटौं बरियता

स्रोतका अनुसार रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको छ । रावलको समूहका नेता–कार्यकर्ताहरुलाई उचित स्थान दिने समझदारी पनि भएको छ ।

६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन् ।

‘भीम रावलजीसँग विभिन्न विभिन्न पाँच बुँदे समझदारी भएको छ, जुन आजको कार्यक्रममा सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?