+
+
Shares

रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा

लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सन् २०२६ जनवरी २३ मा भारतको बैंग्लोरमा ब्रिगेड इनोभेसन गार्डेनमा प्रस्तुति दिने घोषणा गरेको छ।
  • ब्यान्डले आफ्नो 'फ्रम जिरो वर्ल्ड टुर' अन्तर्गत कन्सर्टमा नयाँ र प्रतिष्ठित गीतहरू प्रस्तुत गर्नेछ।
  • नोभेम्बर १५ देखि कन्सर्टका टिकट बिक्री सुरु हुने र ब्याण्डले ग्रामी मनोनयन पनि पाएको जनाएको छ।

काठमाडौं । चर्चित अमेरिकी रक ब्याण्ड ‘लिंकिन पार्क’ ले भारतको प्रविधि सहर बैंग्लोरमा प्रस्तुति दिने भएको छ । यो विश्वचर्चित ब्याण्डले विहिबार बिहान सामाजिक सञ्जालबाट यसको घोषणा गरेको छ ।

केही समयदेखि ब्याण्डले बैंग्लोरमा प्रस्तुति दिने हल्लाहरू सामाजिक सञ्जालमा चलेको थियो । त्यसको केही दिन लगत्तै ब्याण्डले हल्लालाई पुष्टि गरेको हो ।

ब्याण्डले आफ्नो ’फ्रम जिरो वर्ल्ड टुर’ अन्तर्गत सन् २०२६ जनवरी २३ मा बैंग्लोरस्थित ब्रिगेड इनोभेसन गार्डेनमा एक विशेष स्ट्यान्डअलोन शोको घोषणा गरेको छ ।

कन्सर्टको ओपनिङ शोमा भारतका चर्चित ब्याण्ड र कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

कन्सर्टको मिति घोषणा गर्दै ब्याण्डले लेखेको छ, ‘भारतमा एक शो मात्र पर्याप्त हुँदैन । बैंग्लोर, जनवरी २३, २०२६ मा हामी पुनः भेट्नेछौं ।’ नोभेम्बर १५ फ्राइडे शुक्रबारदेखि टिकट विक्री सुरु हुँदैछ ।

ब्यान्डले ’द एम्प्टिनेस मेसिन’ र ’हेभी इज द क्राउन’ जस्ता नयाँ हिट गीतहरूका साथै ’इन द एन्ड’ र ’नम्ब’ जस्ता प्रतिष्ठित गीतहरू पनि प्रस्तुत गर्नेछ ।

लिंकिन पार्कको यो घोषणा सबैभन्दा राम्रो समयमा आएको छ किनकि उनीहरूले नोभेम्बर ७ मा बेस्ट रक एल्बम (फ्रम जिरो) र बेस्ट रक पर्फर्मेन्स (द एम्प्टिनेस मेसिन) को लागि दुई ग्रामी मनोनयन प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?