News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री रीमा विश्वकर्माले नयाँ दल उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न निर्वाचन आयोगमा सनाखत गरेकी छन्।
- उज्यालो नेपाल पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र पाउन बाँकी छ भने रीमा कुलमान घिसिङको समर्थन रहेको दलमा प्रस्तावित पदाधिकारी हुन्।
- अभिनेत्री निशा अधिकारी गतिशिल लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य र एलिजा गौतम जनादेश पार्टीकी उपाध्यक्ष बनेकी छन्।
काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्माले विहिबार निर्वाचन आयोगमा पुगेर नयाँ पार्टीको लागि सनाखत गरेकी छन् ।
उनी कुलमान घिसिङको समर्थन रहेको दल ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यमा प्रस्तावित पदाधिकारी हुन् । आयोगमा पुगेर उनले सनाखत पत्रमा हस्ताक्षर गरिन् ।
बुधबार अनलाइनखबरसँग कुरा गर्दै रीमाले आफू औपचारिकरुपमा उक्त दलको केन्द्रीय सदस्य बनेको बताएकी थिइन् । यद्यपी, यो दलले आयोगबाट दल दर्ताको प्रमाणपत्र पाउन बाँकी छ ।
अभिनेत्री निशा अधिकारी पनि गतिशिल लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेकी छिन् भने कलाकार एलिजा गौतम जनादेश पार्टीको उपाध्यक्ष बनेकी छन् ।
तस्वीर सौजन्य : मिलन ढुंगाना
प्रतिक्रिया 4