+
+
Shares

विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन: कांग्रेस सहमहामन्त्री मन्सुर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले विशेष महाधिवेशनमा जानुबाहेक पार्टीसामू अर्को कुनै विकल्प नरहेको बताएका छन्।
  • मन्सुरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समयलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
  • उनले प्रतिनिधिसभा निर्वाचनमा नयाँ नीति र नेतृत्वसहित एकजुट भएर जानुपर्ने र संस्थापन पक्षले पार्टीलाई यथास्थितिमा राख्ने प्रयास गरिरहेको आरोप लगाए।

२७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले पार्टीसामू विशेष महाधिवेशनमा जानुबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले विशेष महाधिवेशनमा जानुबाहेक अर्को कुनै विकल्प नभएको बताएका हुन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो समयलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरे ।

‘दृढताका साथ भन्न चाहन्छु– विशेष महाधिवेशन मात्र एउटा निकास छ र यसको लागि पूर्णबहादुर खड्काजीसँग मेरो आग्रह छ, यसलाई अवसरका रूपमा प्रयोग गर्नुस्,’ मन्सुरले भने, ‘यसको बारेमा अर्को कुनै निकास छैन । अर्को कुनै उपाय छैन ।’

सहमहामन्त्री मन्सुरले प्रतिनिधिसभा निर्वाचनमा एकजुट भएर नयाँ नीति र नयाँ नेतृत्वका साथ जानुको विकल्प नरहेको पनि बताए । ‘चुनावमा जाँदा एकजुट कांग्रेस लिएर जाने, नयाँ नीति लिएर जाने, नयाँ नेता लिएर जाने,’ उनले भने, ‘यसको अलावा कुनै उपाय छैन ।’

उनले संस्थापन पक्षीय नेताहरूलाई सभापति शेरबहादुर देउवाको नाम बेचेर पार्टीलाई यथास्थितिमा राख्ने प्रयास गरिरहेको पनि आरोप लगाए । उनी १४औं महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।

‘यहाँ दुईवटा विचार छ । एउटा पार्टीलाई अग्रगमनको दिशामा लग्ने विचार छ,’ मन्सुरले भने, ‘ अर्को भनेको, एउटा सभापतिजीको नाम बेचेर, सभापतिजीको कुरा गरेर पार्टीलाई यथास्थितिमा राख्ने प्रयास भइराखेको छ । अहिले भएको यही दुईबीचको द्वन्द्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?