News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
- विराटनगरले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ, जसमा फाफ डुप्लेसी, जर्ज मन्से, साम हिजलेट, मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ र शुभम रन्जाने छन्।
- एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ र विराटनगरले सन्दीप लामिछानेसहित केही खेलाडी रिटेन गरेको छ।
२७ कात्तिक, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३१ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।
उनले समग्र टी-२० क्रिकेटमा ४८ खेल खेल्दा ६५४ रन बनाएका छन् । २२ विकेट पनि लिएका छन् ।
रन्जानेलाई अनुबन्ध गरेसँगै विराटनगरको सबै ६ विदेशी खेलाडीको टुंगो लागेको छ ।
यसअघि विराटनगरले दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेको छ भने त्यसबाहेक स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङलाई अनुबन्ध गरेको छ ।
विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।
अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4