+
+
Shares

बंगलादेशमा शेख हसिनाको पार्टी कार्यालयमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
  • आगजनीको घटना १७ नोभेम्बरमा मानवताविरुद्धको अपराध मुद्दाको फैसलाको मिति सार्वजनिक भएपछि भएको हो।
  • अवामी लिगले अन्तरिम सरकार र प्रधानमन्त्री मुहम्मद युनुसलाई पार्टीमाथि आक्रमण गरेको आरोप लगाएको छ।

२७ कात्तिक, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको कार्यालयमा आगजनी भएको छ ।

बीबीसी बांग्लाका अनुसार बंगलादेश इस्लामी छात्र शिविर र नेशनल सिटिजन्स पार्टीका प्रदर्शनकारीले ढाकास्थित अवामी लिगको कार्यालयमा आगजनी गरेका हुन् ।

स्थानीय प्रहरी कार्यालयका अधिकारी एसआई निशातले आगजनीको घटना पुष्टि गरेका छन् ।

गत वर्ष जुलाईमा भएको आन्दोलनमा मानवताविरुद्धको अपराध गरेको अभियोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना र अन्य तीन जनाविरुद्ध दायर मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाइँदैछ ।

फैसलाको मिति सार्वजनिक भएपछि प्रदर्शनकारीले अवामी लिगको कार्यालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले अवामी लिगको कार्यालय रहेको भवनमा रहेका फर्निचर जम्मा गरेर आगजनी गरेका छन् । कार्यालयबाहिर रहेको मूर्तिसमेत प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

बिहीबार दिउँसो १२: १५ बजे प्रदर्शनकारीले अवामी लिग पार्टीको विद्यार्थी संगठनका सदस्य रहेको आशंकामा दुई जनालाई प्रहरीको जिम्मा लगाएका छन् । एसआई निशातले घटनाबारे छानबिन भइरहेको बताए ।

घटनापछि अवामी लिगले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै अन्तरिम सरकार र प्रधानमन्त्री मुहम्मद युनुसले लगातार निशाना साँधेको आरोप लगाएको छ ।

‘यही त्यो लोकतान्त्रिक सुधार हो जसको प्रचार युनुस र उनका साथीहरूले गरिरहेका छन्, जहाँ सबभन्दा ठूलो र प्रभावशाली राजनीतिक दलमाथि अन्तरिम सरकार र उसका सहयोगीले लगातार आक्रमण गरिरहेका छन्,’ अवामी लिगले एक्समा लेखेको छ ।

गत वर्ष जुलाईको आन्दोलनपछि पूर्वप्रधानमन्त्री हसिना भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?