+
+
Shares

यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने काम २८ कात्तिकदेखि बन्द भएको छ।
  • इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली अर्को सूचना नआउँदासम्म बन्द रहने विभागले जनाएको छ।
  • २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेपछि लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए।

२८ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ ।  १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र २४ भदौको आन्दोलनका कारण विभागमा

ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?