+
+
Shares

अब हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङ सरकारले १५ नोभेम्बरदेखि नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्य नियम हटाएको छ।
  • नेपाली महावाणिज्य दूतावास हङकङले निरन्तर कूटनीतिक पहलपछि यस्तो निर्णय भएको जनाएको छ।
  • यसले नेपाली यात्रुको हङकङ विमानस्थलबाट यात्रा सहज हुने र दुई मुलुकबीच सम्बन्ध मजबुत हुने विश्वास लिइएको छ।

२८ कात्तिक, काठमाडौं । हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ ।

यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो ।

हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

हङकङ सरकारको यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?