+
+
Shares

मिसिल जलेपछि प्रहरीको आग्रह : निवेदक सम्पर्कमा आइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौंका प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा कागजात तथा मिसिलहरू नष्ट भएका छन्।
  • मिसिल नष्ट भएपछि अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको छ र प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले आफूसँग भएका कागजातहरू लिएर सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ।

२८ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा कागजात तथा मिसिलहरू नष्ट भएका छन् ।

उक्त मिसिलहरू नष्टहरू हुँदा अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको छ । मिसिल नष्ट भएपछि प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्र्दै भनेको छ, ‘तोडफोड र आगजनीबाट कागजता तथा मिसिलहरू नष्ट भएकाले पीडित तथा निवेदन दिनेहरूले प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले आफूसँग भएका कागजातहरू लिएर सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?