२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले युवा भेला गरेका छन् । काठमाडौंको थापागाउँमा भेला राखेर युवाहरूले विशेष महाधिवेशनको माग गरेका हुन् ।
महामन्त्री गगन थापा पधधरको उल्लेख्य सहभागी छन् । भेलामा विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाई गर्ने नेताहरू सहित महामन्त्री थापा निकटका केन्द्रीय सदस्यहरू सहभागी छन् ।
जेनजी आन्दोलनपछि अवस्था असमान्य भएको हुँदा नै विशेष महाधिवेशनको माग गरिएको वक्ताहरूले बताएका छन् ।

नियमित समय अनुसारको परिस्थिति हाल नभएको हुँदा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने वक्ताहरूको धारणा छ । वक्ताहरूले विशेष महाधिवेशनका लागि काउन्डाउन सुरु भइसकेको समेत बताएका छन् ।
महामन्त्री थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन् ।
महामन्त्री थापाले २७ मंसिरमा विशेष महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा बिहीबार प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया 4