News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ दिनमा ३७ उद्योग तथा फर्मको अनुगमन गरी ८ उद्योगलाई २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- अनुगमनमा ललितपुर, काठमाडौं र तारकेश्वरका विभिन्न उद्योगलाई दर्ता प्रमाणपत्र नराख्ने, एमआरपी नलाग्ने, गुणस्तर र नापतौलमा हेरफेर गरेको कारण जरिबाना तिराइएको विभागले जनाएको छ।
- मंगलबारदेखि बिहीबारसम्म विभागले बीएनको इन्टरप्राइजेजलाई १ लाख, काठमाडौं हाडवेयर स्टोरलाई ५१ हजार र अन्य उद्योगलाई जरिबाना तिराएको छ।
२८ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।
मंगलबार विभागको अनुगमन टोलीले ललितपुर महानगरपालिका–१४ बल्खुको बीएनको इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिबाना तिराएको छ । यस्तै ललितपुर– १९ टंगालस्थित अनिश खाद्यलाई ५ हजार रुपैयाँ र काठमाडौं महाजगरपालिका–२४ मखनगल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ तिराइएको छ ।
यसैगरी बुधबार काठमाडौं–१४ कलंकीको प्याराडाइज सर्टिङ सुर्टिङलाई २० हजार, लड्डु गोपाल फुड्स प्रालिलाई १५ हजार र ललितपुर–१९ लगनखेलको द क्यान कस्मेटिक्सलाई २० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
बिहीबार विभागको अनुगमन टोलीले काठमाडौं–३२ कोटेश्वरको काठमाडौं हाडवेयर स्टोरलाई ५१ हजार र तारकेश्वर–११ शेषमतीस्थित अन्सिका फेन्सी सपलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ।
प्रतिक्रिया 4